राजनीति

सरकार ढल्ने त कुरा छोडिदिनुस्, हल्लिँदा पनि हल्लिँदैन: प्रधानमन्त्री

Banner

काठमाडौं, चैत २६-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बन्नै नदिन लागेकाहरू अब थाकेको टिप्पणी गरेका छन् । मधेस प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै उनले दिनैपिच्छे सरकार फेरिन्छ कि भन्ने अवस्थाको अन्त्यका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)को समीकरण बनाइएको बताए ।

“दिनैपिच्छे सरकार फेरिन्छ कि, फेरिन्छ कि ! दाउपेचको स्थिति अन्त्य गर्नका लागि यो समीकरण बनाइएको हो । केही मान्छेको सोखजस्तो भएको छ, तिनीहरू पनि थाके अब । यो सरकार बन्नै नदिन कोसिस गर्दैथे,” उनले भने, “सरकार बन्दैन भन्दैथे, विश्वासको मत प्राप्त गर्दैन भन्दैथे । झन्डै दुईतिहाइ त नेपाली कांग्रेस र एमालेसँग छ ।”

ओलीले कांग्रेस–एमाले समीकरणको सरकारलाई कुनै असर नगर्ने पनि बताए । “यो सरकार ढल्ने त कुरा छोडिदिनुस् । हल्लिँदा पनि हल्लिँदै,” उनले भने ।

उनले चुनावमा जान नसक्ने तत्वले व्यक्तिका घर, कारखाना जलाएको भन्दै समाजमा स्वीकार्य नहुने बताए । उनले कानुनभन्दा माथि कोही नहुने भएकाले तीनकुने घटनाका दोषी सबैलाई कारबाही गरिने स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>