राजनीति

प्रधानमन्त्री ओली संविधानको विरुद्धः राप्रपा सांसद तामाङ

Banner

काठमाडौं, चैत २६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालाई लगाएजस्तो मुद्दा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लगाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार, ओलीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको वकालत गरेको भन्दै उक्त दुवै विषय संविधानमा नभएको उनको तर्क थियो ।

‘सरकारले तुरुन्तै उहाँहरू (रवीन्द्र र धवल) लाई विनाशर्त रिहाइ गरोस् । यसमा सत्यतथ्य के हो रु पार्टीले पनि माग गरेको छ,’ तामाङले भने, ‘‘ यस्तो मुद्दा लगाउने हो भने पहिला कसलाई लाउनुपर्छ थाहा छ ? केपी ओलीलाई लाउनुपर्छ ।’

प्रधानमन्त्री ओली संविधानको विरुद्धमा रहेको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>