राजनीति

सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन्: राप्रपा सांसद सिंह

Banner

काठमाडौं, चैत २६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने बताएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको जिकिर गरे ।

‘अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछ,’ उनले भने, ‘राजा बाहेक अरु विकल्प हामीसँग छैन । देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>