समाचार

तीनकुनेमा आगजनी भएको घरभित्र देखिएकी एनी कुँवर पक्राउ

Banner

काठमाडौं,चैत २५-

काठमाडौँको तीनकुनेमा भएको घटनाका सम्बन्धमा अनुसन्धानका लागि प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ। कलाकार समेत रहेकी कुँवर पूर्वपत्रकार समेत हुन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए। पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>