राजनीति

सरकारले भृकुटीमण्डपमा प्रदर्शनको अनुमति दिएन, बल्खुमा गर्छौंः लावती

Banner

काठमाडौँ, चैत २५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भृकुटीमण्डपमा गर्ने भनिएको कार्यक्रम बल्खुमा गर्ने भएको छ।

सरकारले भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि राप्रपाले भोलि (मंगलबार) बल्खुमा कार्यक्रम गर्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपमा प्रदर्शन गर्न नदिएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिए।

‘हामीले भृकुटीमण्डपमा कार्यक्रम गर्न केही दिनअघि स्थानीय प्रशासनसँग अनुमति मागेका थियौँ,’ लावतीले भने, ‘तर, स्थानीय प्रशासनले हामीलाई त्यहाँ कार्यक्रम गर्ने अनुमति दिएन।’

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता देखाएर राप्रपालाई अन्यत्रै कार्यक्रम गर्न भनेको छ। स्थानीय प्रशासनले राप्रपालाई बल्खु वा सिफलमा प्रदर्शन गर्न अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>