राजनीति

वर्षौंका लागि रवि ‘मामाघर’ जानुभएकोले अब बिर्सनपर्छः मुकुल

Banner

काठमाडौं, चैत २५-

डा.मुकुल ढकालले सभापति रवि लामिछाने पुर्पक्षका निम्ति कारागार जाँदै गर्दा यसलाई दल बनाउने अवसरका रूपमा लिनुपर्ने टिप्पणी गरेका छन् । दे

उनले सामाजीक सञ्जालमा लेखेका छन्, “चुनावी रणनीतिअन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौँ । क्लब हुँदै पार्टी बनाउनपर्ने थियो । तर, क्लबलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकि उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लबमा नै रमाउनु थियो,” “अब रवि दाइ वर्षौंका लागि ‘मामाघर’ जानुभएको छ । अब क्लबबाट पार्टी बनाउनपर्छ । रवि दाइलाई बिर्सनपर्छ ।”

उनले रास्वपामा रवि समर्थकले ‘अरिंगाल’ चरित्र देखाएर बाँकी नेतालाई थर्काएर राखेको आरोप लगाए । दुईचार हजार ‘अरिंगाल’बाट डराउन नहुने उनको भनाइ छ ।

“रविको क्लबबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । हिजो जसरी कांग्रेस, एमालेका लाखौँ झोलेसँग डराएनौँ, त्यसरी यी दुईचार हजार अरिंगालसँग पनि डराउनु पर्दैन,” उनले भनेका छन्, “झोले र अरिंगालमुक्त राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>