स्वास्थ्य

माइग्रेन बढाउने खाना के के हुन् ?

Banner

काठमाडौँ, चैत २५-

माइग्रेनको समस्याबाट पीडित व्यक्तिहरुले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । माइग्रेक एक प्रकारको टाउको दुख्ने समस्या हो । माइग्रेनमा शरीरमा वेचैनी हुने, बान्ता हुने जस्ता समस्या पनि देखिन्छन् । माइग्रेन फरक प्रकृतिको टाउको दुख्ने रोग हो । माइग्रेनमा टाउको आधा भाग मात्रै दुख्छ । माइग्रेनको दुखाइलाई खानेकुराले प्रभाव पार्छ । त्यसैले के के खाँदा दुखाई कम हुने र के के खाँदा दुखाईलाई नियन्त्रण गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।

मासु

लामो समयदेखि राखिएको मासुमा विभिन्न प्रकारका औषधिहरुको प्रयोग भएको हुन्छ । त्यस्तो मासु खानुहुँदैन । भने, तारेको, भुटेको र पोलेको मासुले पनि माइग्रेनलाई बढाउने गर्छ । यस्तै, मासुमा प्रयोग गरिने रङ्गले पनि माइग्रेनलाई बढाउँछ । यस्ता खानेकुराले मस्तिष्कमा नाइट्रिक अक्साइड निर्माण गर्छ जुन रक्तकोशिकाहरुको माध्यमबाट फैलिन सक्छ र माइग्रेन बढाउँछ ।

चिज

दूधबाट बनेको चिजले माइग्रेन बढाउँछ ।

अप्राकृतिक चिनी

विभिन्न प्रक्रिया पूरा गरेर निर्माण गरिएको खानेकुरामा अप्राकृतिक चिनीको प्रयोग गरिएको हुन्छ । यसमा एस्पार्टेम पनि अत्यधिक मात्रामा प्रयोग गरिएको हुन्छ । जुन माइग्रेनको दुखाईको कारण बन्छ ।

चकलेट

माइग्रेनको समस्या हुनेहरुले चकलेटको सेवन गर्नुहुँदैन । यसले दुखाईलाई बढाउँछ ।

क्याफिन

क्याफिनको सेवनले माइग्रेनको समस्यालाई बढाउँछ । यसको सेवन कम मात्रामा गर्नुपर्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>