राजनीति

अनुमति नदिए पनि राप्रपाको कार्यक्रम रोकिँदैनः शाही

Banner

काठमाडौँ, चैत २५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि (चैत २६ गते) राष्ट्रिय झण्डासहित एकजुट हुन आह्वान गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले प्रशासनले आन्दोलनको अनुमति नदिए पनि राप्रपाको कार्यक्रम नरोकिने स्पष्ट गरे।

उनले लेखेका छन्, ‘यी भ्रष्टहरूको देशप्रेम र राष्ट्रियता हराएको। लुटतन्त्रका सरदार नाइकेहरू कति डराएको। जाबो एउटा कार्यक्रमको डरले थुरथुर कापेर अनुमति नै दिएका छैनन् तर पनि राप्रपाको कार्यक्रम रोकिँदैन। २६ गते राष्ट्रिय झण्डासहित एकजुट बन्ने हो युवा बेच्ने, देश बेच्ने, सानादेखि ठूलासम्म भ्रष्टाचारका काण्ड मच्चाउने भ्रष्टाचारीका देशद्रोहीका विरुद्ध बिगुल फुक्ने हो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>