राजनीति

रास्वपा रविको पार्टी होइन,सबैले बिर्सनुपर्छः मुकुल ढकाल

Banner

काठमाडौँ, चैत २५-

स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टी र सभापति रवि लामिछानेलाई अलग-अलग हेर्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले रास्वपाका लागि रवि बिर्सनुपर्ने तर्क गरेका हुन्।

रास्वपाबाट निलम्बनमा परेका ढकालले लेखेका छन्, ‘रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ। तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ। दुइ(चार हजार अरिङ्गलका कमेन्ट हेरेर डराउन जरूरी छैन।’

रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगीको आरोप छ। गत शुक्रबार तुलसीपुर उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै उनी पक्राउ परेका छन्। शनिबार र आइतबार बिदा भएका कारण आज लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाउने प्रहरीको तयारी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>