राजनीति
पूर्वउपराष्ट्रपति पुनलाई माओवादीले दियो उपाध्यक्षको जिम्मेवारी
०

काठमाडौं,चैत २४-
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पदमा मनोनीत भएका छन् । १८ र १९ चैतमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष पदमा मनोनीत गरेको हो ।
पासाङको पारिवारिक स्रोतले भन्यो, उहाँ (पासाङ) उपाध्यक्ष पदमा मनोनीत हुनुभएको छ । पासाङ दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । उनी केही समयदेखि माओवादी केन्द्रको बैठकमा सहभागी हुने गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै चाहनाअनुसार पासाङ पार्टी राजनीतिमा फर्केको बताइन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























