राजनीति
काठमाडौं महानगरकी उपप्रमुख डंगोल बेल्जियम प्रस्थान
०

काठमाडौं,चैत २३-
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियन प्रस्थान गरेकी छिन् । युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा बैठक गर्ने बताइएको छ ।
त्यहाँ हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी विषयमा अनुभव आदनप्रदानको कार्यक्रम रहेको बताइएको छ । यसैगरी संसद् सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद सदस्यहरूसँग पनि उनको छलफल हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























