राजनीति

तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छः प्रधानमन्त्री

Banner

काठमाडौँ, चैत २३-

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन्। शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका हुन्।

तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले न्यायिक छानबिन हुनु पनि सक्ने र नहुन पनि सक्ने बताए। तीनकुने घटनाको लागि न्यायिक छानबिन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने बताए।

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले हिंस्रक प्रदर्शन गरेका थिए। प्रदर्शनमा दुईजनाको ज्यान गएको थियो भने केही घाइते भए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>