राजनीति
रविलाई जहाजबाट भैरहवा पठाइयो
०

काठमाडौं,चैत २३-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा पठाइएको छ। शुक्रबार बेलुका बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका लामिछानेलाई राति जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो।
शनिबार बिहान उनलाई जहाजमार्फत भैरहवा पठाइएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। उनलाई यती एयरलाइन्सको जहाजबाट भैरहवा पठाइएको छ। लामिछानेलाई रूपन्देही प्रहरी कार्यालय पुर्याइनेछ। त्यसपछि बाँकी प्रक्रिया पूरा गरी थुनामा पठाइनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























