राजनीति

लोडसेडिङ अन्त्य इमान्दार प्रयासले भएको हो: कुलमान

Banner

काठमाडौं, चैत २२-

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कारले नभई इमान्दार प्रयासले भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जलस्रोतको धनी देशमा करिब ८ वर्षअघि हिँउदमा १५ १६ घण्टा र वर्खामा पनि ९ घण्टासम्म लोडसेडिङ हुनु आम विषय जस्तै थियो । लोडसेडिङ सदाको लागि विदा गरि देशलाई उज्यालो बनाउने अभियानसँगै घरर कार्यालय मात्र होइन बैशाख २०७५ देखि आद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरिएको थियो । लोडसेडिङ कुनै चमत्कार होइन, एउटा इमान्दार प्रयास थियो भनेर मैले धेरै पटक भनेको छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>