राजनीति

दुर्गा प्रसाईं चढेको गाडी प्रहरीले नियन्त्रणमा लियो

Banner

काठमाडौं,चैत २२-

काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं चढेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईं चढेको बीएबी ४२०८ नम्बरको गाडी झापास्थित प्रसाईंले सञ्चालन गरेको बीएन्ड सी मेडिकल कलेजबाट नियन्त्रणमा लिइएको हो ।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा प्रसाईंले भीडलाई उत्तेजित बनाएका थिए । जसका कारण उक्त घटनामा प्रहरीले प्रसाईंलाई खोजी गरिरहेको छ । सुरुमा भाग्दिनँ भनेका प्रसाईं पछि भने भागेका थिए । उनी चढेको गाडी झापामा भेटिएसँगै प्रसाईं भारत पुगेको आशंका गरिएको छ । प्रहरीले प्रसाईंको उक्त गाडी काठमाडौं ल्याइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>