समाज

जङ्गली हात्ती मृतावस्थामा फेला

Banner

कञ्चनपुर, चैत २१-

दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ । सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोे टोली पुगेर जाँच र अनुसन्धानको कार्य गरिरहेको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभयो ।

बिहान हात्ती मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरेको उहाँले बताउनुभयो । हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । उहाँका अनुसार हात्तीको उमेर ८ देखि १० वर्षको रहेको छ । दुई महिनाअघि मात्रै लालझाडी गाउँपाालिकाको जाँइमा पनि हात्ती मृतावस्थामा फेला परेको थियो । रासस

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>