देश/प्रदेश

जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

०
Banner

सप्तरी, कात्तिक ३० –

जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्युु भएको छ ।

सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिनुभयो । उहाँले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्युु भएको जानकारी दिनुभयो । चौधरी जङ्गल नजिक पुगेपछि हात्ती कराएपछि हात्ती जस्तै आवाज निकालेर कराएको चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ छ ।

हात्तीको आक्रमणबाट चौधरीको मृत्युु भएपछि स्थानीयवासी त्रसित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>