राजनीति
रवीन्द्र मिश्र र धवल शमशेरसहित ४१ जना थप ६ दिन थुनामै रहने
०

काठमाडौ,चैत २०-
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । राजावादी आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई दोस्रो पटक ६ दिन म्याद थप भएको हो ।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























