राजनीति
प्रसाईं जस्तो हावालाई कमान्डर बनाएर ज्ञानेन्द्रले बुद्धि बिगारेः प्रचण्ड
०

काठमाडौँ, चैत २०-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई बनाएर पूर्वराजा ज्ञानेन्द्र शाहले बुद्धि बिगारेको बताएका छन् । बुधबार पार्टी निकट महिला सङ्गठन अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेश सम्मेलनलाई कोहलपुरमा सम्बोधन गर्दै प्रचण्डले प्रसाईं जस्तो हावालाई कमान्डर बनाएर ज्ञानेन्द्रले बुद्धि बिगारेको बताएका हुन् ।
‘राजावादीको कमान्डर पूर्वराजा ज्ञानेन्द्र शाहको प्रिय पात्र दुर्गा प्रसाईंजस्तो हावालाई कमान्डर बनायो । त्यस्तो हावालाई कमान्डर बनाएको छ । प्रसाईंलाई के भन्नु हेर ज्ञानेन्द्रको बुद्धि ! त्यस्तालाई कमान्डर बनाएर के गरेको होला ?’,
त्यसकै परिणाम तीनकुनेमा हिंसा, हत्या र लुटपाट भएको प्रचण्डले जिकिर गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























