राजनीति

निर्दोषलाई गोली हान्ने र हत्या गरेको अभियोगमा प्रधानमन्त्री, गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छः ज्ञानेन्द्र शाही

Banner

काठमाडौं, चैत २०-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । गत शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनालाई लिएर प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आन्दोलनमा सहभागी नभएका मान्छेलाई गोली हान्ने र हत्या गर्ने प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। र निर्दोष मान्छेलाई हत्या गरेको अभियोगमा प्रधानमन्त्री, गृहमन्त्री र गोली हान्ने प्रहरीलाई पक्राउ गर्नुपर्छ ।’ उनले सत्ता र शक्तिको आडमा सर्वसाधारणमाथि गोली चलाउन नपाइने पनि स्पष्ट पारेका छन् ।

उनले थप लेखेका छन्, ‘बाटोमा हिँडेका मान्छेलाई, घरबाट निस्केका मान्छेलाई गोली हान्दै हिँड्न पाइँदैन। तिमीहरूसँग जनता डराउनुपर्ने हो र रु तिमीहरूले झुटा मुद्दा लगाउँदै मान्छे थुन्नुपर्ने हो र ? तिमीहरूले भ्रष्टाचार गर्ने, देश लुट्ने हो ? युवाहरूलाई बेरोजगार बनाउने ? अनि आवाज उठायो भने गोली हान्दै हिँड्ने, झुटो मुद्दा लगाएर थुन्ने रु होसियार, एक दिन अवस्था यस्तो हुनेछ कि तिमीहरूलाई लुक्नका लागि पनि ठाउँ भेटिने छैन ?’

गत चैत्र १५ गते (शुक्रबार) तीनकुने क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाले ज्यान गुमाउनु परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>