राजनीति

सरकारले सबैको चित्त बुझाउन सकेनः सांसद खतिवडा

Banner

काठमाडौं, चैत १९-

नेपाली कांग्रेसका नेता सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडालेसधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने जिकिर गरे ।

‘सधैं निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । आशाका किरणहरु दिन सफल हुनुपर्छ । अहिले सरकार जुन गतिमा गएको छ त्यसमा सबैको चित्त बुझेको छैन,’ उनले भने, ‘अब गेयर परिवर्तन गर्नुपर्‍यो । जुन गेयर छ त्योभन्दा माथि गेयरमा जानुपर्‍यो ।’

खतिवडाले आफू हिन्दू धर्म मान्ने भएपनि सबैलाई अट्ने र समेट्ने राज्य बनाउन जरुरी रहेको समेत बताए ।
‘म आफू पनि हिन्दू धर्म मान्छु । सबै अट्ने नेपाल बनाउनुपर्छ, सबैलाई समेट्ने नेपाल बनाउनुपर्छ । म त्यो पक्षमा छु,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>