राजनीति
रवि लामिछानेलाई सभामुखको जवाफ: कानुनभन्दा माथि कोही छैन
०

काठमाडौँ, चैत १९-
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन कानुन अनुसार भएको बताएका छन् ।
सभामुख भेट्न मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका रास्वपा सभापति लामिछानेलाई घिमिरेले भने, ‘कानुन भन्दा माथि कोही पनि छैन । मैले कानुन अनुसार नै गरेको छु जे गरेको छु ।’
भेटमा लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको बताए । सांसद पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा मात्रै निलम्बन हुन सक्ने प्रावधान रहेको पनि लामिछानेले सभामुखलाई स्मरण गराए ।
जवाफमा सभामुख घिमिरेले आफूले कानुन अनुसार नै जिम्मेवारी निर्वाह गरेको बताएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























