राजनीति
सान्त्वना दिन नसक्ने राजा किन चाहियो ?
०

काठमाडौँ, चैत १८-
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सान्त्वना दिन नसक्ने राजा किन चाहियो भन्दै प्रश्न गरेका छन् । गत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा सहानुभूतिसमेत जनाउन नसक्ने राजा किन फर्काउन पर्यो भन्दै महामन्त्री शर्माले यस्तो प्रश्न गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै शर्माले भने, ‘आफूलाई पुनर्स्थापित गर्ने भन्दै आयोजित आमसभा हिंसात्मक बन्दा मृत्यु भएका होनाहार युवाको परिवार र अन्य घाइतेका आफन्तलाई सहानुभूति दिन नसक्ने राजा किन फर्काउनुपर्यो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























