राजनीति
रवीन्द्र मिश्रलाई हतकडी लगाएर म्याद थप्न लगियो
०

काठमाडौं,चैत १७-
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र धवलशम्सेर जबरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईँको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी, सन्तोष राजावादीलगायतलाई हतकडी लगाइएको छ । धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । उनीहरुलाई त्यहाँबाट काठमाडौं जिल्ला अदालतमा लगिनेछ ।