राजनीति

रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई राप्रपाको अल्टिमेटम

Banner

काठमाडौँ, चैत १६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको जनप्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने निष्कर्ष निकालेको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार नै हिंसा भड्काउन उद्दत रहेको ठहर गर्दै घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शान्तिपूर्ण सभामा सरकारले सुनियोजित रूपमा अश्रुग्यास प्रहार गरेको आरोप लगाए।

उनले पत्रकार सुरेश रजकलाई बचाउन सकिने अवस्था हुँदा पनि सरकार उदासीन बनेको र प्रहरीले अनावश्यक रूपमा गोली चलाएको दाबी गरे।

राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा सहभागी नेताहरू रविन्द्र मिश्र, धवल शमशेर जबरा र अधिवक्ता स्वागत नेपाललगायतलाई २४ घण्टाभित्र बिनाशर्त रिहाइ गर्न माग गरेको छ। अध्यक्ष लिङ्देनले रिहाइ नभए विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>