राजनीति
राजावादीहरू प्रेसमाथि अंकुश चाहन्छन्ः प्रचण्ड
०

काठमाडौँ, चैत १६-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीले प्रेसमाथि अंकुश चाहेको बताएका छन् । विगतमा राजतन्त्र सक्रिय हुँदा प्रेसमाथि दमन भएको उल्लेख गर्दै उनले फेरि पनि उनीहरू प्रेसप्रति रुष्ट रहेको बताए ।
शनिबार राजधानीमा प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘चैत १५ को उनीहरूको प्रदर्शनका क्रममा मानिसको ज्यान गयो । गाडीहरू जलाइयो । एक जना पत्रकारको जलाएर हत्या गरियो,’ प्रचण्डले भने, ‘हिजो राजतन्त्रमा सबैभन्दा बढी आक्रमणको सिकार प्रेस भएको थियो । प्रेसमाथि अंकुश लगाउने उनीहरूको जोड हुन्थ्यो । उनीहरू अहिले पनि त्यस्तै चाहन्छन् ।’
तर, विगतमा जस्तो प्रेसमाथि नियन्त्रण सम्भव नरहेको ख्याल गर्न राजावादीलाई प्रचण्डको आग्रह छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























