राजनीति
पक्राउ परेका राप्रपा नेताहरूलाई भेट्न भद्रकाली पुगे पशुपति शमशेर
०

काठमाडौँ, चैत १६-
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले काठमाडौँको भद्रकालीस्थित प्रहरी परिसर पुगेर आफ्ना पार्टीका नेताहरूसँग भेट गरेका छन्।
उनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा र स्वागत नेपाल लगायतसँग भेटेका हुन्। शुक्रबार तीनकुनेमा भएको प्रदर्शनलाई उत्तेजित बनाएको आरोप उनीहरूमथि छ। घटनाबारे सोधपुछ गर्न उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























