राजनीति

जहाँ बोलाउँछौ त्यही आउँछु भनेका दुर्गा प्रसाईं मोबाइल अफ गरेर फरार

Banner

काठमाडौं, चैत १५-

काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं सम्पर्कबिहीन भएका छन्। शुक्रबार साँझ साढे ११ बजेसम्म पनि उनलाई प्रहरीले फेला पार्न सकेको छैन। उनीसँगै हिंसात्मक आन्दोलनमा होमिएका रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपालसहित पाँच जना नेताहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ।

राजसंस्था पुनः स्थापनका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई पनि प्रहरीले घरभित्रै निगरानीमा राखेको छ। प्रसाईंको पनि प्रहरीले खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन भएका छन्। खोजीमा लागेका एक जना प्रहरी अधिकारीका अनुसार उनको खोजी गर्न विभिन्न ठाउँमा प्रहरी परिचालन भएको छ। उनले मोबाइल पनि अफ गरेर भागेको ती प्रहरीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>