देश/प्रदेश
तीनकुनेस्थित चौरमा राजावादीको प्रदर्शन
०

काठमाडौं, चैत १५-
राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ । तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको छ ।
राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुने पुगेका छन् । यद्यपि त्यहाँ केहीबेर तनाव भएको छ ।
चाबहिल, भक्तपुर लगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।