देश/प्रदेश
कुलमानको रिटमाथि आज सुनुवाइ हुँदै
०

काठमाडौं, चैत १५-
कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ । प्रारम्भिक सुनुवाइको लागि आज पेशी तोकिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो । उनले दायर गरेको रिटमा कार्यकारी निर्देशकमा पुनःर्स्थापना गर्नुपर्ने माग राखिएको छ ।
उनले गैरकानुनी रूपमा आफूलाई हटाइएको जिकिर गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























