राजनीति
संक्रमणकालीन न्यायका विषयमा सत्तापक्ष र विपक्षीबीच विवाद नरहेको प्रचण्डको दाबी
०

काठमाडौँ, चैत १४-
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र विपक्षबीच अरू कुरामा विवाद रहे पनि संक्रमणकालीन न्यायका विषयमा विवाद नरहेको दाबी गरेका छन्।
बिहीबार काठमाडौँमा संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राजनीतिक दलहरूबीच विवादहरु छन्। प्रमुख दलहरू नै पनि कोही सत्तापक्षमा छौ, कोही प्रतिपक्षमा छौँ, विवाद चलिरहेको छ, सदनमा बहस भइरहेको छ, थुप्रैथुप्रै कुरा छन्’, प्रचण्डले भने, ‘तर तमाम विवाद र विमतिका बीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्छ भन्नेमा इनप्रिन्सिपल हामी कहिल्यै पनि विवादमा भएनौँ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























