देश/प्रदेश

अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्ने

Banner

काठमाडौँ, चैत १४-

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् । ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठकअघि संसद् भवन बानेश्वरमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

‘११ बजे बैठक छ, त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गर्दै हुनुहुन्छ’, सभामुखका प्रेस सहयोगी शेखर अधिकारीले भने,‘अवरोध हटाउन प्रयासस्वरुप छलफल हुन लागेको हो ।’

विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा प्रधानमन्त्रीको जवाफ माग्दै बुधबार संसदका दुवै सदनका बैठक अवरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>