समाचार

शिव मन्दिरभित्र एक युवकको शव फेला

Banner

काठमाडौं, चैत १४-

ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटमा गएराति राति एक युवकको विभत्स हत्या भएको छ।

गएराति मध्यरातमा ओचू हाइटको शिव मन्दिरभित्र एक युुवाको टाउको गिडिएको अवस्थामा सातदोबाटो प्रहरीले शव फेला पारेको छ। गस्तीमा रहेको प्रहरीले हतियारसहित एक युवालाई पक्राउ गरेको थियो।

उनी रगतले लतपतिएको धारिलो हतियारसहित पक्राउ परेको र उनले हत्या गरेको बताएपछि प्रहरीले त्यहाँ शव फेला पारेको प्रहरी वृत सातदोबाटोका इन्चार्ज प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले थाहाखबरलाई जानकारी दिए।

मृतक रामेछापको भएको र व्यक्तिगत सिसिइबीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको उनको भनाइ छ। मृतकको पहिचान खुलेको छैन तर उनको उमेर करिब २३ वर्ष रहेको प्रहरीको भनाइ छ।

स्थानीय बासिन्दाले भने मृतक युवा पक्राउ परेकाको व्यक्तिको बैनीबीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको जनाइएका छन्।

स्थानीयका अनुसार मृतक युवक पक्राउ परेका व्यक्तिको बैनीसँग प्रेम सम्बन्धमा थिए, जसका कारण झगडा भएको थियो। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>