देश/प्रदेश

साढे ६ घण्टापछि पूर्णरूपमा नियन्त्रणमा आयो सेन्टर प्लाजामा लागेको आगो

Banner

सुनसरी, चैत १३-

इटहरीस्थित सेन्टर प्लाजा व्यापारिक भवनमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ । बिहान साढे ९ बजे सुरु भएको आगो करिब साढे ६ घण्टापछि पूर्णरूपमा नियन्त्रणमा आएको हो।

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित १२ वटा दमकल परिचालन गरिएको थियो। प्लाजाको चौथो तलाबाट सुरु भएको आगलागी तीव्र बनेपछि माथिल्ला तल्लासम्म असर परेको थियो।

आगलागीका क्रममा प्लाजाको सातौं तलामा फसेका ११ जनालाई हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ महिला र ८ पुरुष छन्। तीमध्ये एक जना सामान्य घाइते भएका थिए, जसको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीहरु पनि सामान्य घाइते भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area