राजनीति
काठमाडौंमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
०

काठमाडौँ, चैत १२-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ। मङ्गलबार ९आज० काठमाडौंमा बसेको आन्दोलन मूल समितिको बैठकले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार विसं २०८२ साल वैशाख ७ गतेबाट निरन्तर रूपमा राजधानी केन्द्रित आन्दोलन हुनेछ। ‘२६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ अध्यक्ष लिङ्देनले भनेका छन्।
त्यस्तै, राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा र सङ्घीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा राप्रपाले समर्थन गर्ने पनि उनले बताएका छन्।