राजनीति

कुलमानलाई हटाएपछि शेखरले भने–यसरी कति दिन चल्ने ? विनाशकाले विपरीत बुद्धि!’

Banner

काठमाडौं, चैत १२-

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पनि असन्तुष्टि जनाएका छन्।

बिहान सबेरै सामाजिक सञ्जालमा लेखेर उनले यो कदमको स्वामित्व कांग्रेसले लिनै नहुने बताएका छन्।

‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न’, उनले लेखेका छन्, ’यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि!’

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी प्रमुख घिसिङलाई हटाउने निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>