राजनीति

प्रेस चौतारीको नयाँ नेतृत्व चुनाव होइन, सहमतिबाट गरौँः शंकर पोखरेल

Banner

विराटनगर, चैत १०–

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीनिकट पत्रकारहरूलाई सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।

विराटनगरमा आइतबार सुरू प्रेस चौतारी नेपालको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

‘महाधिवेशन आजका दिनमा जुन परिस्थितिमा हुँदै छ, अहिले हामीलाई एकता चाहिएको छ’, उनले भने, ‘हामीलाई प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ । अहिले कांग्रेस र एमाले मिलिरहेका छन् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नु होला ।’

उनले संगठनलाई छरितो र गतिशील संगठन चाहिने बताउँदै प्रेस चौतारी नेपालको आकार सानो र चुस्त हुनुपर्ने बताए ।

‘हामीलाई एकताबद्ध संगठन चाहिएको छ । सबैलाई एकताबद्ध गर्न जरुरी छ’, उनले भने, ‘हिजोको विभाजनको पीडा सम्झिऊँ । चुनाव होइन सहमति गरौँ । तपाईँहरूको संगठन तपाईँले बनाउने हो । एकताबद्ध र छरितो बनाउनुस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area