राजनीति

स्ववियु निर्वाचनः इलेक्ट्रोनिक भोटिङ मेसिनबाट अस्कल क्याम्पसमा मतदान

Banner

काठमाडौं, चैत १०-

काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा स्ववियुको नेतृत्व चुन्न इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ ।

५ चैतमा विवाद भएपछि हुननसकेको मतदान आज बिहान आठ बजेदेखि भइरहेको हो ।

शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको अमृत साइन्स क्याम्पसका प्रमुख होमबहादुर बानियाँले जानकारी दिए । इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने उनले बताए ।

पोखराको पृथ्वीनारायण (पीएन)क्याम्पसमा पनि मतदान भइरहेको छ । क्याम्पस प्रमुख हरि प्रसाद पाठकका अनुसार मतदानमा कुनै समस्या छैन । ‘बिहानदेखि नै शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>