राजनीति

स्ववियु चुनावःअस्कल र पृथ्वीनारायण क्याम्पसमा मतदान जारी

Banner

काठमाडौं, चैत १०-

काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ ।

५ चैतमा विवाद भएपछि यी २ क्याम्पसमा आज मतदान भएइरहेको हो । ‘शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ’, अमृत साइन्स क्याम्पसक्रा प्रमुख होमबहादुर बानियाँले भने ।

इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने उनले बताए । बिहान ८ बजेदेखि मतदान जारी छ । उता पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि मतदान भइरहेको छ ।

क्याम्पस प्रमुख हरि प्रसाद पाठकका अनुसार मतदानमा कुनै समस्या छैन । ‘बिहानदेखि नै शान्तिपूर्ण मतदान भइ रहेको छ’, उनले भने ।

विवाद भएपछि अन्तिम समयमा पृथ्वीनारायण क्याम्पसमा पनि ५ चैतमा मतदान रोकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>