राजनीति
प्रमुख सचेतक घिमिरे माथि मिनेन्द्रको प्रश्न? ‘संसदमा भुमिका राम्रो देखिएन’

काठमाडौं, चैत ८–
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संघीय संसद्मा पार्टीका प्रमुख सचेतक श्याम घिमिरेबारे प्रश्न उठाएका छन् । पार्टीले प्रमुख सचेतक छान्दा ध्यान नदिएको भन्दै घिमिरेको भूमिका र संसद्मा केही दिनअघि गरेको टिप्पणीबारे उनले प्रश्न उठाउका हुन् ।
घिमिरेले ३ चैतमा बसेको प्रतिनिधिसभाको बैठकमा नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएका थिए । कांग्रेस नेता डा रिजालले शुक्रबार मोरङ–काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा गरेको कार्यक्रममा घिमिरेको भनाइको विरोध गर्दै यस्तो बताएका हुन् । घिमिरेले विवादित भनाइलाई लिएर यही बुधबारको प्रतिनिधि सभा बैठकमा माफीसमेत मागिसकेका छन् ।
उनले बोल्ने अनि विरोध भएपछि माफी माग्दै हिँड्ने बाटोमा जान नहुने तर्क पनि गरे । ‘कांग्रेसले कस्तो व्यक्तिलाई प्रमुख सचेतक छानेएको रहेछ रु’, रिजालले गुनासोसहित भने, ‘छानिएको प्रमुख सचेतकले कांग्रेसको काम बलियोसँग सम्पादन गर्न सक्छ कि सक्दैन भनेर नेतृत्वले सोच्नु पर्दैनरु मसँग नजिक छन् भनेर जोगाउनेरु’
डा. रिजालले नेताहरूले बोल्दा विचार पुर्याउनुपर्नेसमेत बताएका छन् । नेतृत्वको नजिक हुँदैमा जोगाउने चलन ठिक नभएको तर्क रिजालले कार्यक्रममा गरेका छन् ।

























