राजनीति

पार्टीको महाधिवेशन ०८४ अगाडि नै हुन्छः महामन्त्री शर्मा

Banner

काठमाडौँ, चैत ८-

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन ०८४ को निर्वाचनअगावै हुने बताएका छन्।

कांग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

ुपार्टीको महाधिवेशन ०८४ भन्दा अगाडि हामीले गर्ने हो। संविधान त्यही भन्छ, पार्टी विधान त्यही भन्छ। कतिपय आदरणीय नेताहरूले ०८४ को निर्वाचनपछि उपयुक्त हुन्छ भन्नुहुन्छ, निश्चय नै हो। तर, हामीले विधानअनुसार नै गर्ने हो,ु उनले भने।

पार्टी सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला, विमलेन्द्र निधिलगायतका नेताहरूले भने पार्टी महाधिवेशन ०८४ को संसदीय निर्वाचनपछि उपयुक्त हुने धारणा राख्दै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>