राजनीति

एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा

Banner

काठमाडौं, चैत ८-

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् ।

महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारी नलिने मनसाय नरहेको उल्लेख छ ।

पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>