राजनीति

पानीको मुहानमा राजनीतिछ, हामी अन्त्य गर्छौं: प्रदीप यादव

Banner

काठमाडौं, चैत ८-

खानेपानीमन्त्री प्रदीप यदावले पानीको मुहानमा राजनीति हुने गरेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

‘मुहान भनेको नेपाल सरकारको हो । त्यसमा कसैले दादागिरी गरेर यो वार्डबाट त्यो वार्डमा पानी जान नदिने जुन राजनीति छ त्यो राजनीति अब हामी अन्त्य गर्छौं,’ उनले भने ।

मुहान संरक्षणका लागि सरकारले आवश्यक बजेट छुट्याउने उनले बताए । ‘देशैभरीको मुहान सुरक्षाका लागि यसपाली खानेपनी मन्त्रालय स्पेसल बजेट राखेर अगाडि बढ्छ,’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>