राजनीति
बगरमा तारबारले थुनेर राखिएका गाईगोरुको उद्धार गर्न सांसद गौतमको माग
०

काठमाडौँ, चैत ७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले दाङको लमही–६ स्थित सिसौको जंगलमा तीन महिनादेखि गाईगोरु थुनेर राखिएको घटनाप्रति आपत्ति जनाएकी छिन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा यसबारे सरकारको ध्यानाकर्षण गराउँदै उचित व्यवस्थापनको माग उनले गरेकी छिन् ।
‘दाङ, लमहीको सिसौ बगरमा तारबारले घेरेर बन्धक बनाइएका गाईगोरुहरू भोक र तिर्खाले छटपटाइरहेका छन्,’ उनले भनेकी छिन्, ‘उनीहरू प्लास्टिक खान बाध्य छन्, र मरणासन्न अवस्थामा पुगेको समाचार सार्वजनिक भएको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















