राजनीति

कुनै समुदाय पछाडि नपरोस् भन्नेमा सरकार गम्भीर छः प्रधानमन्त्री

Banner

काठमाडौं, चैत ७-

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि समुदाय पछाडि नपरोस् भन्नका लागि सरकार गम्भीर ढंगले प्रयास गरिराखेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले गरेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले तीनै तहका सरकारहरूले यसतर्फ आफ्ना प्रयासहरूलाई केन्द्रित गरेको बताएका हुन् ।

‘अहिले हामी बजेट, नीति–कार्यक्रम तर्जुमा गर्दैछौँ । देशका कुनै पनि भागमा, कुनै पनि समुदाय पछाडि नपरोस् भन्नका लागि गम्भीर ढंगले लागिराखेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि क्षेत्र पछाडि नपर्ने गरी र अहिलेको आर्थिक अवस्थालाई बदल्नका लागि, सकारात्मक ढंगले अगाडि बढाउनका लागि हामी काम गरिरहेका छौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>