राजनीति

स्वागत गर्दा मुटु हल्लियो, आन्दोलन गर्दा के हालत हुन्छ ?

Banner

काठमाडौं, चैत ७-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दा गणतन्त्रवादीहरूको ‘मुटु हल्लिएको’ टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले भने– आन्दोलन गर्नुपर्‍यो भने हालत के हुन्छ ?

“स्वागत गर्दा त मुटु हल्लियो, कलेजो हल्लियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्नुपर्‍यो भने हालत के हुन्छ ?,” उनको प्रश्न छ ।

उनले ‘राजा नफर्किने तर अस्तु नभेटिने मार्क्स, लेनिन चाहिँ कसरी भेटिन्छन् ? भन्दै प्रश्न पनि गरे । “राजा गइसक्यो, फर्किंदैन भन्नुहुन्छ । गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने मार्क्स, लेनिन र माओ चाहिँ कसरी फर्किन्छ ? र, जनतालाई उल्लु बनाइरहनुभएको छ,” उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>