राजनीति

पूर्वराजाले श्री पाँच महाराजधिराज प्रयोग गरेको प्रति सांसद खतिवडाको आपत्ति

Banner

काठमाडौँ, चैत्र ७-

सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री पाँच महाराजधिराज भनेर उल्लेख गरेको र शाही निशानाको झण्डा फहराएको प्रति आपत्ति जनाएका छन्।

‘प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्। यो शाही निनाशा र २०६५ जेठ १७ गते हटाएर राष्ट्रिय झण्डा राखिएको थियो। र नेपालको संविधानमा कहीँ पनि श्री पाँच महाराजधिराज भनेर उल्लेख छैन त्यसैले यस्तो सन्देश श्री पाँच महाराजधिराज भनेर राख्ने र शाही निशाना झण्डा राख्ने प्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न र संविधान नमिच्न आग्रह गर्दछु,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>