राजनीति

पूर्वराजालाई विमलेन्द्रको चेतावनी- सीमा पार गर्न खोजे हालत खराब होला

Banner

काठमाडौं, चैत ६-

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपालमा अब कुनै हालतमा राजतन्त्र नफर्किने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद निधिले भने, ‘देशी-विदेशी शक्तिले भनेर, साधु, सन्तले भनेर नेपालमा यो आउँछ, त्यो आउँछ भनेर कसैले सोच्छ भने त्यो नसोचे हुन्छ । याद गरौँ, स्मरण गरौँ, यही संविधान जारी गर्ने बेला तथाकथित नाकाबन्दी पनि भएको थियो’, उनले भने, ‘हामीलाई रोक्न खोजिएको थियो, तर हामीले आफैँले नेपाल फर्स्टलाई, नेपाली फर्स्टलाई रोजेका थियौँ । आफैँले पनि प्रयोगबाट प्रमाणित गरेका छौँ । राजा भन्ने कि पूर्वराजा भन्ने बहस पनि भएको छ । तर, राजा त रिजेक्टेड हुन् । एबोलिस्ट मोनार्की हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>