राजनीति

२५ करोड बरामद प्रकरण- छानबिन गर्न विशेष समिति बनाउन माओवादीको माग

Banner

काठमाडौं, चैत ६-

नेकपा माओवादी केन्द्रले २५ करोड बरामद भएको घटनाको छानबिन गर्नको लागि विशेष छानबिन समिति बनाउन माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भएकाले निष्पक्ष छानबिन गर्न माग गरे।

उनले भने, ‘हामी प्रतिपक्षले यो सरकार सुशासनप्रति इमानदार छैन। यो सरकारप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेकै थियौँ र छौँ। संगठिन अपराधको जालो कुन रूपमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र आएको छ। यो घटनामा प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ। यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>