राजनीति

पुल्चोक इन्जिनियरिङको सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी

Banner

काठमाडौं,चैत ५-

पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । कुल ३ हजार मतदातामध्ये १ हजा १ सय २ मतसहित श्रेष्ठ बिजयी भएका हुन् । दोस्रो स्थानमा रहेका माओवादी निकट अखिल क्रान्तकारीका रसिक लम्सालले ७१० मत ल्याएका छन् ।

विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने दलबाट हुन नहुने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको थिए । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन् ।

स्वयमले २०७९ सालमा स्वतन्त्र बाटै सदस्य जितेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>